फागुनयता १६ प्रहरी गयल, ७ दिनभित्र उपस्थित हुन निर्देशन
काठमाडाैं | बैशाख १०, २०८१
काठमाडौं: प्रहरी प्रधान कार्यालयले फागुन महिनादेखि आफूखुशी गैरहाजिर रहेका १६ जना प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ।
सोमबार सूचना प्रकाशित गरी कार्यालयले सम्पर्कमा नरहेका १६ जना प्रहरीको नाम र दरबन्दी सार्वजनिक गरेको हो
गैरहाजिर रहेका प्रहरीमा प्राविधिक प्रहरी नायब निरीक्षक, दुई जना प्रहरी सहायक हवलदार, प्रहरी जवान र कार्यालय सहयोगी छन्।
खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएकाले सार्वजनिक सूचना प्रकाशन गरिएको कार्यालयले जनाएको छ।
उनीहरूलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन भनिएको छ।
अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कारबाही हुने चेतावनी कार्यालयले दिएको छ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

